अध्यक्ष राजेन्द्र लिङ्देनको कारबाहीविरुद्ध राप्रपा नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिने भएका छन्। अध्यक्ष लिङ्देनले सुवेदीलाई अनुशासन समिति र प्रवक्ता सगुन लावतीलाई प्रवक्ताबाट हटाएका थिए।
त्यसबारे छलफल गर्न राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले शनिबार आफ्नो समूहको भेला बोलाएका थिए। उक्त भेलाबाट लिङ्देनको कारबाहीविरुद्ध आइतबार बिहान ११ बजे आयोगमा उजुरी लिएर जाने मत बनेको भेलामा सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए।
सुवेदी राजावादी आन्दोलन समितिका संयोजक समेत हुन्। आफूलाई बेवास्ता गर्दै सुवेदीलाई राजावादी आन्दोलनको कमाण्डर बनाएपछि लिङ्देन उनीसँग सुरुदेखि नै असन्तुष्ट थिए।
3.7k
Shares

प्रतिक्रिया