६ महिनापछि आज शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिकाको बैठक एक मिनेट पनि नबसी सकिएको छ। नगरप्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको बैठकमा एउटा मात्रै एजेन्डा प्रस्तुत गरिएको थियो। उक्त एजेन्डामा नगरकार्यपालिकाका सदस्यहरूले ताली बजाएर समर्थन जनाए।
एजेन्डा थियो- नगरसभा असार २९ गते बोलाउने।
४० औं बैठकमा स्वागत छ भन्दै बालेनले भने, '२४ वटा एजेन्डा भए पनि एउटा मात्रै राख्ने कुरा भएको छ। नगरसभा मिति तोक्ने सन्दर्भमा मिति असार २९ गते नगरसभा र त्यसै दिन ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी गराउन चाहन्छु। अन्य केही विषय नभएर बैठक समापन भएको घोषणा गर्न चाहन्छु।'
त्यसअघि आजै महानगरको राजस्व परामर्श समितिको बैठक बसेको थियो। बैठकले २५ अर्बको बजेट ल्याउने सीमा निर्धारण गरेको छ।
Shares

प्रतिक्रिया