राजनीति


नागरिकको आवश्यकता सम्बोधन हुने गरी नीति बनाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

नागरिकको आवश्यकता सम्बोधन हुने गरी नीति बनाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८२ शुक्रबार १३:४१, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीतिहरू निर्माण गर्न जरुरी रहेको बताएका छन्।  

शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिक गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनसंख्यामैत्री सरकार र राज्य निर्माण गर्न सरकारले जनताका समस्या सम्बोधन गर्ने खालका नीति जरुरी रहेको बताएका हुन्। 

जनसंख्या नीति मान्छेको संख्या मात्रै नभइ रोजगारी, अवस्था, स्थितिबारे मापन गर्ने र कामको योजना बनाउने नीति पनि रहेको पौडेलको भनाइ छ। 

‘जनसंख्यामैत्री सरकार, राज्य निर्माण गर्न खोजेका हौँ भने हाम्रा नीतिहरू पनि आम नागरिकले चाहेको, नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने खालेको हुनुपर्छ,' उनले भने, 'त्यसैले यो मान्छेका संख्याहरूसँग मात्रै होइन। मान्छेका चाहनाहरूसँग पनि यो नीति जोडिएको छ। सुशासनसँग पनि जोडिएको छ। अन्य पक्षसँग पनि जनसंख्या नीति जोडिएको छ। सरकारको जनसंख्या नीतिप्रति प्राथमिकता रहेको छ भन्नेकुरा स्पष्ट भएको छ। ’

मन्त्री पौडेलले नेपालको जनसांख्यिक अवस्था ऋणात्मक हुँदै गइरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad