राजनीति


उपभोक्ता समिति दलगत गुटबन्दी र विकृतिको थलो भए, काम गर्न दिनुहुँदैन : सांसद भट्टराई

उपभोक्ता समिति दलगत गुटबन्दी र विकृतिको थलो भए, काम गर्न दिनुहुँदैन : सांसद भट्टराई

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८२ बिहिबार १६:३६, काठमाडौँ

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले विकास निर्माणको कामहरु उपभोक्ता समितिमार्फत गराउन नहुने धारणा रोखका छन्।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले उपभोक्ता समितिहरू अहिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको टिप्पणी गरे।

विगतमा उपभोक्ता समितिमार्फत काम हुँदा ठेकेदारभन्दा प्रभावकारी हुने भएपनि पछिल्लो समय उपभोक्ता समितिहरुमा बेथितिका चाङ रहेको भन्दै उनले भने, ‘विगतमा उपभोक्ता समितिबाट काम हुँदा ठेकेदारभन्दा राम्रो हुन्थ्यो। तर अहिले उपभोक्ता समितिमा बेथितिका चाङ छन्। उपभोक्ता समितिले राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र भन्। यसले राजनीतिक दलहरुलाई समेत विभाजन हनुेगरी गुटबन्धी भइरहेको छ।’

भट्टराईले थपे, ‘अहिले उपभोक्ता समितिहरु राजनीतिक कार्यकर्ताहरुलाई बिगार्ने काम भएको छ। अब उपभोक्ता समितिबाट काम गर्न दिनु हुँदैन। उपभोक्ता समितिमार्फत काम गर्न नदिनको लागि आवश्यक ऐन बनाउनुपर्छ।’

उनले खानेपानी, सिंचाई तथा मलको उपलब्धताका सम्बन्धमा सरकारलाई निर्देशन गर्न समेत माग गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad