बजार परिसूचक नेप्से आज २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बढेको बजारमा बिहीबार ९ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। दिनभरिमा २ करोड ६४ लाख कित्ता सेयर बिक्रीपछि यो परिमाणको कारोबार भएको हो।
यस दिन १६१ वटा सेयरको मूल्य बढ्दा ८७ वटाको घटेको नेप्सेले जनाएको छ।
आज माई खोला हाइड्रो, मान्डु हाइड्रो, समता घरेलु लघवित्तको सेयर अधिकतम ८.१५ प्रतिशतसम्मले बढेका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, सिन्धु विकास बैंकलगायतको सेयर अधिकतम ९.९२ प्रतिशतसम्मले घटेका छन्।
सर्वाधिक कारोबारमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५७ करोडको खरिदबिक्री भएको छ। त्यसैगरी बुटवल पावर कम्पनीको ३२ करोड, सानिमा बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सीईडीबी होल्डिंगको क्रमशः २६, १९ र १९ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया