राजनीति


६ महिनापछि बोलाइयो काठमाडौँ महानगरको कार्यपालिका बैठक

६ महिनापछि बोलाइयो काठमाडौँ महानगरको कार्यपालिका बैठक

नेपालखबर
असार २६, २०८२ बिहिबार १४:३५, काठमाडौँ

काठमाडौँ महानगरले कार्यपालिका बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए। 

उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ। 

महानगरका मेयर बोलेन्द्र शाह र अन्य जनप्रतिनिधिबीच विवाद हुँदा ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन। यही विवादकै कारण महानगरले बजेट समेत ल्याउन सकेको छैन्। 

मेयर शाहले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको उपस्थिति नहुनेगरि मात्रै बैठक बोलाउने अडान लिएका थिए। तर, बजेट नै नआएपछि विवादमा उत्रिएका मेयर शाह र अन्य दुवै पक्ष दवावमा परेका थिए। 

काठमाडौँ भ्युटावर निर्माणसम्बन्धी विवादमा मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई त्यहाँबाट हटाएका थिए। तर, संघीय सरकारलाई पुनः उनैलाई पठाएपछि उनले अस्वीकार गरेका थिए। 

मेयर शाहको असहमतिका बाबजुद पनि उपमेयर सुनिता डंगोलको नेतृत्वमा वडाध्यक्षहरुले गुरागाईँलाई कार्यालयमा भित्र्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad