राजनीति


प्रतिशोध भन्दै चलाइएको हस्ताक्षर अभियान राजनीतिक प्रोपागान्डा हो : सूर्य थापा

प्रतिशोध भन्दै चलाइएको हस्ताक्षर अभियान राजनीतिक प्रोपागान्डा हो : सूर्य थापा

नेपालखबर
असार २३, २०८२ सोमबार १५:५८, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै  चलाइएको हस्ताक्षर अभियान राजनीतिक प्रोपागान्डा भएको बताएका छन्। 

‘एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ,’ थापाले भने, ‘२०८२ साल असार ७ गते नै भैरहवा कारागारमा रहेका एकजना व्यक्तिको नाममा १५ पृष्ठको याचना पत्र जारी गरियो। त्यो याचनापत्रसहित अहिले हस्ताक्षर अभियान जारी छ।’ 

उनले थपे, ‘सर्वोच्च , उच्च र जिल्ला अदालतमा आधा दर्जन भन्दाबढी मुद्दा चलिरहेका छन् त्यसलाई प्रतिशोध भन्ने कि राजनीति? प्रतिशोध भन्दै अहिले हस्ताक्षर भइरहेको छ, त्यो राजनीति प्रोपागान्डा हो।’

उनले सर्वोच्चको आदेशलाई हस्ताक्षरले बदल्न नसक्ने समेत जिकिर गरे। ‘सर्वोच्च अदालतको जुन आदेश भएको छ, त्यसलाई हस्ताक्षरले बदल्न सक्दैन,’ थापाले भने।

सर्वोच्च अदालतको आदेशको बर्खिलाप हुनेगरि भइरहेका क्रियाकलापले अदालतको अवहेलाना गर्ने काम भएको समेत उनले दाबी गरे।

‘जान्नेलाई छान्ने भनेर चुनावबाट यहाँ आइपुगेका मान्यहरुकै उपस्थितिमा सर्वोच्च अदालतको आदेशको बर्खिलाप हुनेगरि भइरहेका क्रियाकलाप यसरी गर्न मिल्छ कि मिल्दैन?,’ थापाको भनाइ छ, ‘मलाई लाग्छ यसले न्यायालयको गरिमामाथि आच आउने र अवहेलना हुने काम गरेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad