ad ad

राजनीति


भारतमा लकडाउन १६ दिन बढाउन मोदीलाई केजरीवालको सुझाव

भारतमा लकडाउन १६ दिन बढाउन मोदीलाई केजरीवालको सुझाव

नेपालखबर
चैत २९, २०७६ शनिबार ७:१४,

कोरोृना भाइरसको त्राससँगै भारत गत मार्च २५ देखि २१ दिनसम्म लकडाउन गरिएको छ।

तर भारतमा कोरोना संक्रमित र मृतक संख्या दैनिक बढ्दै गएको छ। अबको केही दिनमै लकडाउन अवधि सकिँदैछ।

अप्रिल १४ मा लकडाउन अवधि सम्पन्न हुँदै लाग्दा शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाल विभिन्न राज्यका मुख्यमन्त्रीसँग लकडाउन अवधि बढाउने या अन्त्य गर्ने विषयमा छलफल गरिरहेका छन्।

भिडियो सम्मेलनमा मोदीले मुख्यमन्त्री स्तरीय वार्ता गरिरहेका हुन्। भारत सरकारले आजै लकडाउन बढाउने र अन्त्य गर्ने विषयको टुंगो लगाउने जनाइएको छ।

केजरीवालले लकडाउन अवधि अप्रिल ३० सम्म बढाउनुपर्ने सुझाव दिइरहँदा केही राज्यले यसअघि नै लकडाउन अवधि बढाइसकेका छन्।

भारतमा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय पुगेको छ। त्यहाँ २४९ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .