राजनीति


कांग्रेस बैठकमा प्रकाशमान: उपलब्धि रक्षा गर्न कांग्रेसलाई व्यवस्थित गरौँ

कांग्रेस बैठकमा प्रकाशमान: उपलब्धि रक्षा गर्न कांग्रेसलाई व्यवस्थित गरौँ

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८२ आइतबार १८:२५, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राप्त उपलब्धि र अधिकार रक्षाका लागि कांग्रेस पार्टीलाई व्यवस्थित बनाउनुपर्नेमा जाेड दिएका छन्। नेपाली कांग्रेसकाे जारी केन्द्रीय समिति बैठकमन आज आफ्नाे धारणा राख्ने क्रममा उनले कांग्रेसकाे संगठनलाई बलियाे बनाए मात्रै हालसम्मका संघर्षबाट प्राप्त उपलब्धि र अधिकार संस्थागत हुने बताएका हुन्। 

'पार्टीको संगठन राम्राे बनाउनेमा लाग्नुपर्छ। कांग्रेस वेल मेनेज भयाे भने प्राप्त उपलब्धिहरू, अधिकारहरू बिस्तारै संस्थागत हुन्छन्। 
एकले अर्काेकाे दाेष देख्ने प्रवृत्तिले संगठन बलियाे हुँदैन,' उनले भने। 

त्यस्तै उनले कांग्रेसकाे मूल नीतिमा रहेर समयअनुसार पार्टीकाे रणनीति बनाउनुपर्ने पनि धारणा राखे। कांग्रेस नेता सिंहले पार्टीको महाधिवेशनकाे मिति नजिक आइसकेकाे भन्दै महाधिवेशनका लागि आवश्यक जे प्रकियाहरू छन् ती छिटै पूरा गर्नुपर्ने बताए।

त्यस्तै बैठकमा कांग्रेसकातर्फबाट नेतृत्व गरेर सरकारमा रहेका, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रीसमेत रहेका सिंहले सरकारकाे कामकारबाही, बजेटलगायतका विषयमा पनि प्रस्ट पारे। साे क्रममा उनले सरकारमा रहेर चाहनाअनुसार काम गरिरहेकाे भन्दै आफूले सम्हालेकाे मन्त्रालयबाट भएका नीतिगत र विकासका कामकाे फेहरिस्त प्रस्तुत गरेका थिए। 

'जनताकाे चाहना पूरा गर्न राजनीति स्थिरता जरूरी छ। राजनीतिक स्थिरताविना आर्थिक समृद्धि र विकासकाे जनचाहना पूरा हुन सम्भव नै छैन,' नेता सिंहले भने,'हाम्राे सभापतिजीले राजनीतिक स्थिरताका लागि ७ बुँदे सहमति गरेर जुन गठबन्धन बनेकाे छ। त्यसलाई नै अगाडि बढाउनुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad