नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले वर्तमान सत्ता गठबन्धनको समझदारी नै संविधान संशोधन भए पनि काम सुरु नभएको भन्दै ध्यानाकर्षण गराएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै कोइरालाले संविधान संशोधनको काम अघि बढाउनुपर्ने बताएका हुन्।
उनले संविधानबाट धर्मनिरपेक्षता हटाउनुपर्ने प्रस्ताव गरेका छन्।
‘यो सरकार बनाउँदा नै संविधान संशोधन गर्ने कुरा भएको हो.'पहिलो संशोधन यही होस्- धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौँ।'
2.2k
Shares

प्रतिक्रिया