प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफूबारे उठेका प्रश्नको आफूले जिम्मा लिए पनि अरुलाई निर्देशित गर्न नमिल्ने बताएका छन्।
‘प्रबुद्ध वर्गहरुले हेक्का राख्नुपर्ने कुरा के छ भने तपाईंहरुले नियतको परख गर्नैपर्छ, यो बहुत ठूलो कुरा छ,’ राउतले भने, ‘यो मान्छेको अस्मितासँग जोडिएको कुरा हो। प्रधानन्यायाधीशको प्रश्न उठ्दा मैले जिम्मा लिन्छु भनेकै हो। म लिन्छु, कुनैपनि हिसावले मैले मुकर गर्दिनँ। जुडिसियरीको एउटा पिपुलियर क्यारेक्टर हुन्छ। त्यहाँ न्यायाधीश न्यायधीश बीचमा बसेर न्यायिक निरुपण गर्नुपर्यो भने त्यहाँ डिक्टेट गर्न पाइँदैन।’
बुधबार मात्र प्रधानन्यायाधीश राउत संलग्न इजलासबाट संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी विवादमा निर्णय हुँदा न्यायाधीशहरूका तीनथरी राय व्यक्त भएका थिए। प्रधानन्यायाधीश राउतको राय अल्पमतमा परेको थियो।
बहुमतका आधारमा ५२ जना पदाधिकारीको नियुक्ति सदर भएको थियो।
Shares

प्रतिक्रिया