राजनीति


चोभारबारे प्राविधिक अध्ययन गर्छौँ, गल्छी चौडा गर्ने योजना छैन: सहरी विकास मन्त्रालय

चोभारबारे प्राविधिक अध्ययन गर्छौँ, गल्छी चौडा गर्ने योजना छैन: सहरी विकास मन्त्रालय

नेपालखबर
असार १९, २०८२ बिहिबार १६:१०, काठमाडौँ

सहरी विकास मन्त्रालयले चोभारको गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि रहेको चट्टान हटाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारेको छ।

बिहीबार विज्ञप्ति प्रकाशित गरी मन्त्रालयले ‘काठमाडौं उपत्यकाको पानीको निकास विन्दु चोभारमा रहेको गल्छीको धार्मिक सांस्कृतिक तथा प्राचीन पहिचानलाई अक्षुण्ण राख्दै चोभार गल्छी वरपरको क्षेत्रमा हुनसक्ने डुबान न्यूनीकरणको लागि चोभार गल्छी भन्दा माथि विगतमा बगाएर ल्याएको फोहोरहरू हटाउने, पहिरो जानसक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी रोकथामको कार्य गर्न तथा यसको दीर्घकालीन समाधानको लागि आवश्यक प्राविधिक अध्ययन गरी कार्ययोजना समेत तयार गर्ने’ स्पष्ट पारेको छ। 

यही जेठ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२ औं बैठकले ‘अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेकोले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकता अनुसार नेपाली सेनासँग समेत समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने’ निर्णय गरेको थियो।

‘उक्त निर्णय कार्यान्वयन सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल तथा राजनैतिक दलहरूमा फरक फरक विचार प्रेसित भै जनमानसमा दुविधा पर्न गएको’ भन्दै मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत मन्त्रालयको धारणा सार्वजनिक गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad