राजनीति


एकीकृत समाजवादीको सचिवालय बैठक एकैछिन बसेर स्थगित

एकीकृत समाजवादीको सचिवालय बैठक एकैछिन बसेर स्थगित

नेपालखबर
असार १९, २०८२ बिहिबार १४:३२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक एकैछिन बसेर स्थगित भएको छ। 

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर बसेको सचिवालय बैठकमा पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए।

सचिवालयका केही सदस्यहरुमा स्वास्थ्य समस्या देखिएका कारण बैठक लामो समय बस्ने नसकेको उनको भनाइ छ। बैठकमा समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियारले लगाएको मुद्दा र त्यस मुद्दासँग जोडिएका विभिन्न कानुनी पक्षमा छलफल भएको खतिवडाले बताए।

‘हाम्रो गत १३ गतेदेखि बसेको केन्द्रीय सचिवालयको बैठक आज छोटो समय मात्रै बसेर स्थगित गर्‍यौँ,’ उनले भने, ‘सचिवालय सदस्यहरुको स्वास्थ्य समस्या आएका कारणले अरु समय बस्नसक्ने अनुकुलता भएन। हामी यो बैठक आउँदो २२ गते ११ बजे बस्नेछौँ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad