आज बिहीबार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ।
बैठक पार्टी केन्द्रीय कार्यालय (आलोकनगर) मा बिहान ११ बजे बस्नेछ।
बैठकमा अध्यक्ष माधव नेपाललाई लागेको भ्रष्टारचा मुद्दा (पतञ्जलि जग्गा प्रकरण) सहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
एक पदाधिकारीका अनुसार बैठकमा अध्यक्ष नेपालविरुद्ध स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल हुनेछ।
झाँक्री केही दिनअघि लुम्बिनीमा अध्यक्ष फेर्नुपर्ने तथा ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन’ भनेकी थिइन्।
उनलाई यस विषयमा मंगलबार पार्टी अनुशासन आयोगले तीन दिनभित्र स्पष्टीकरणसमेत दिन भनिसकेको छ। जसको समय सीमा आजै सकिँदै छ।
त्यसो त झाँक्रीलाई स्पष्टीकरण मागेको अनुशासन आयोगले हो। त्यसैले सचिवालय बैठकले यस विषयमा केही सिफारिस गर्न सक्ने ती पदाधिकारीको भनाइ छ।
झाँक्रीले अध्यक्ष नेपालविरुद्ध कडा अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जथाभाबी नबोल्न, नलेख्न निर्देशन पनि दिएका थिए।
Shares

प्रतिक्रिया