राजनीति


रूपन्देही-३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

रूपन्देही-३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८२ बुधबार २०:३८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार, सचिवालयको बैठक कार्यवाहक सभापतिको आह्वानमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा भोलि (बिहीबार) बिहान ११:३० बजे बस्नेछ।

बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने उनले बताए।

रूपन्देही-३ को उपनिर्वाचनमा रास्वपाबाट सागर ढकाल उम्मेदवार बन्ने विषयमा छलफल भइरहेको छ।

ढकाल यसअघि २०७९ को निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिन डडेल्धुरा पुगेका थिए। त्यहाँ उनी स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

रूपन्देही-३ मा यसअघि राप्रपाका दीपक बोहरा विजयी भएका थिए। उनको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगले कात्तिक आगामी कात्तिक १७ गते मतदान हुने गरी उपनिर्वाचन घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad