एएफसी एसियन कप छनोटमा श्रीलंकाविरुद्ध खेलका लागि सुरुवाती ११ सार्वजनिक भएको छ। टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले सावित्रा भण्डारी साम्बाको कप्तानीमा खेलाडीको नाम सार्वजनिक गरेका हुन्।
प्रशिक्षक प्याट्रिकले श्रीलंकाविरुद्धको खेलमा लागि अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेका छन्। लाओसविरुद्ध सुरुवाती ११ मा स्थान बनाएकी मिडफिल्डर सरु लिम्बूको स्थानमा प्रिती राई आएकी छिन्।
पहिलो खेलमा नेपालले लाओससँग ९-० को फराकिलो जित निकालेको थियो।
श्रीलंकाविरुद्धको सुरुवाती ११
अञ्जना राना मगर (गोलरक्षक), गिता राना, निसा थोकर, समिक्षा घिमिरे, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सविता रानामगर, सरस्वती हमाल, सावित्रा भण्डारी (कप्तान), रश्मी कुमारी घिसिङ
वैकल्पिक खेलाडी
Shares

प्रतिक्रिया