राजनीति


कांग्रेसकै सांसद थानीले रामहरिलाई सोधे- तपाईंको कोर टिममा को छ?

कांग्रेसकै सांसद थानीले रामहरिलाई सोधे- तपाईंको कोर टिममा को छ?

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८२ बुधबार १२:३७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई कसको दबाबमा निजामती सेवा विधेयकमाथि चलखेल भएको हो भन्दै प्रश्न गरेका छन्। 

बुधबारको समिति बैठकमा थानीले समितिका सचिव दुराको नाम नै लिएर नपढी सही गरिएको हो? भन्दै प्रश्न गरेका हुन्। 

'तपाईंले नपढेर सिग्नेचर गर्नुभएको भन्ने मेरो मनमा छैन। दुराजी, तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नुभएको हो?' उनले भने,'दुराजी तपाईं सचिव हो, नयाँ मान्छे होइन। सभापति टाठोबाठोमध्येको सभापति हो। कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइनँ भन्न मिल्छ?'

उनले यही तरिकाले भोलि संसदीय प्रणाली के होला? भनेर प्रश्न पनि गरे। उनले समितिका सभापति रामहरि खतिवडाले मनपरी गरेको पनि आरोप लगाए।

'सभापतिले इमानदार साथ भन्नुस्, कोर टिम को हो? तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो?,' उनले थप सोधे, 'कम्तीमा संसदीय समिति गठन हुनुपर्छ। सभापतिले मनपरी गर्नुभयो। हाम्रो चित्त दुखाउनुभयो।'

संघीय निजामती विधेयकमा २ वर्षको कुलिङ पिरिडय राखेर निर्णय गरे पनि पारित हुने बेलामा अर्कै बुँदा थपिएको भन्दै यसबारे समितिका सभापति र सचिवको चर्को आलोचना भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad