राजनीति


प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच स्पेनमा भेटवार्ता

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच स्पेनमा भेटवार्ता

नेपालखबर
असार १७, २०८२ मंगलबार ८:३०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा स्पेनको सेभियामा रहेका ओली र गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको हो। 

भेटका अवसरमा महासचिव गुटेरेसले नेपालले हालै सगरमाथा संवाद कार्यक्रमको सफल आयोजना गरेकामा बधाई दिँदै ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सकारात्मक परिणाम सृजनामा नेपालले सक्रिय भूमिका खेलेकामा प्रशंसा गरे। 

उनले विश्वमा शान्ति स्थापनार्थ नेपालले राष्ट्रसङ्घीय शान्ति मिसनमा दिएको योगदानको उच्च मूल्याङ्कनका साथै नेपालले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गो लगाउन लागेकामा खुसी व्यक्त गरेका भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले बताए। 

महासचिव गुटेरेसले नेपालको विकासमा राष्ट्रसङ्घको निरन्तर साथ र सहयोग रहने पनि विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad