राजनीति


विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ भन्ने सपना देखेका छन्, आश नगरे हुन्छ : ओली

विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ भन्ने सपना देखेका छन्, आश नगरे हुन्छ : ओली

नेपालखबर
असार १४, २०८२ शनिबार १६:१५, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गरेका छन्।

शनिबार काठमाडौँमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चारमाध्ययमा आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाइएको टिप्पणी गरे।

‘मदन भण्डारीको ७४ औं जन्मजयन्ती यसलाई उनीहरुले विभिन्न आश र अपेक्षा गरेका छन्,’ ओलीले भने, ‘यहाँ मैले एकदम बम पड्काउँछु,विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ, यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ। यो सपना देखेर बसेका छन्। कुनै बम, बन्दुक, बारुद गोला पड्किनेवाला छैन। आश नगरे हुन्छ।’

उनले अगाडि भने, ‘नेकपा एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ। आश पनि कस्ता कस्ता आश गरेका होलान्। आश गरेर बसेका छन्। यसो अनलाइनतिर पसेर हेर्दा तपाईं छक्क पर्नुहुन्छ। हामी यस्तो भ्रममा पर्नु हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad