राजनीति


प्रतिनिधि सभा बैठकमा आज पनि रास्वपाको विरोध (भिडिओ)

प्रतिनिधि सभा बैठकमा आज पनि रास्वपाको विरोध (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
असार १४, २०८२ शनिबार १२:१५, काठमाडौँ

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शनिबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध जारी राखेका छन्। 

बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका हुन्। 

तर पनि सभामुखले पेलेरै संसद् चलाइरहेका छन्।

त्यसो त सभामुखले समय दिएपछि रास्वपाका पनि केही सांसदले आफ्नो धारणा राखेका थिए। 

उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागे।

यही माग राखेर रास्वपाले गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा अवरोध गरिरहेका छन्।

अहिले अन्य दलका सांसदले आफ्नो धारणा राखिरहेका छन्। 

सभामुखले हरेकलाई २/२ मिनेटको समय दिइरहेका छन्। 

आज स्पेन भ्रमणका लागि प्रस्थान गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद्‌मा सम्बोधन गर्ने कार्यक्रम छ।

लाइभ भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad