राजनीति


कांग्रेसकै कारण सभापति र प्रधानमन्त्री भएँ, पार्टीलाई अझै राम्रो बनाउनुछ: देउवा

कांग्रेसकै कारण सभापति र प्रधानमन्त्री भएँ, पार्टीलाई अझै राम्रो बनाउनुछ: देउवा

नेपालखबर
असार १३, २०८२ शुक्रबार १५:३०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनुबाहेक अरु कुनै उद्देश्य आफूसँग नभएको बताएका छन्। शुक्रबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रको रोग हटाएर एक हुनुपर्ने अहिलेको आवश्यकता भएको बताएका हुन्। 

'पार्टीभित्रको रोग पनि हटाउनुछ। पार्टीकै कारणले म सभापति भएँ प्रधानमन्त्री पनि भएँ। यसकारणले यसलाई अझै राम्रो बनाउनुबाहेक मेरो उद्देश्य छैन। पार्टीलाई एक बनाउनुछ,' उनले भने, 'टिकट एउटाले पाउँछ नपाउने हराउन लागि हाल्छ यो रोग पनि हटाउनुछ।' 

उनले अहिलेको संविधान धेरै राम्रो र समावेशी भएको उनको भनाइ छ। 'अहिलेको संविधान धेरै राम्रो छ समावेशी छ। एक्लै कुनै पार्टीबाट बहुमत ल्याउन सम्भव नै छैन,'  उनले थपे, 'यो संविधानलाई थप बलियो बनाउनु छ। अहिलेकै अवस्थामा कुनै पार्टीको बहुमत आउने अवस्था छैन। त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ। माओवादीसँग मिलियो, अहिले एमालेसँग मिलियो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad