मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो एकबजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमण लगायतका एजेन्डामा छलफल गर्ने तयारी छ।
प्रधानमन्त्री शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन्।
स्पेन भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ।
366
Shares

प्रतिक्रिया