पार्टीको ६ महिना लामा प्रतिबन्ध फुकुवामा परेपछि नेकपा एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेताहरुलाई धन्यवाद दिएकी छिन्।
बुधबार बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र उनको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।
‘कारबाही फुकुवा गर्नु भएकोमा सबै कमरेडहरूलाई धन्यवाद,’ नेपालखबरसँग तिम्सेनाले भनिन्, ‘सचिवालयका कमरेडहरुलाई धन्यवाद।’
राजनीति के हो भन्ने नजान्दादेखि नै आफू राजनीतिमा लागेको संगठन एमाले भएकाले यो जनताको पार्टी बनोस् भन्ने उनको इच्छा समेत छ।
‘राजनीतिक के हो भन्ने नजान्दादेखि नै लागेको संगठन हो यो’ तिम्सेनाले भनिन्, ‘यसकाप्रति आम मान्छेहरूको चासो, आसा, भरोसा हुन्छ। मान्छेहरुले यो पार्टीलाई जसरी लिन चाहान्थे त्यसरी नै लिने खालको त्यस्तो पार्टी बनाइयोस् भन्न चाहान्छु।’
पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादु गुरुङबाट दान लिने निर्णयको आलोचना गरेपछि एमालेले गत पुस १० गते पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोसिएको थियो।
नेता भीम रावललाई भने पार्टीबाटै निस्काशन गरिएको थियो।
Shares

प्रतिक्रिया