राजनीति


संसदीय समितिमा गृहमन्त्रीले भने: प्रहरी विधेयक असारभित्रै पेस गर्ने वातावरण बनाइदिनू

संसदीय समितिमा गृहमन्त्रीले भने: प्रहरी विधेयक असारभित्रै पेस गर्ने वातावरण बनाइदिनू

नेपालखबर
असार ११, २०८२ बुधबार १५:४५, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधीसभा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्।  

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन्।  

'समितिमा आजबाट नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौँ,' उनले भने, '७० सालपछि प्रहरी कानून बनाउँदै छौँ। यो मेरो र गृहमन्त्रालयको प्राथमिकताको विषय हो। विधेयक टुंगो लगाउन जति समय छलफलका लागि भन्नु हुन्छ हामी तयार छौँ।'

उनले सशस्त्र प्रहरी बलको विधयेक पनि महत्वपूर्ण नै रहेको बताउँदै सो विधयेक पनि टुंगो लगाउन समिति समक्ष्य आग्रह गरे। 

'गृहअन्तर्गतका अरु पनि विधयेकहरु पाइपलाइनमा छन्।,' उनले थपे, 'यी विषयहरुमा समितिका माननीयहरूले दिनुभएको प्राथमिकताका लागि धन्यवाद दिन चाहन्छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad