राजनीति


सांसद बुद्धिमान तामाङको प्रस्तावः प्रधानसेनापति जसरी नै आईजीपी नियुक्त हुने व्यवस्था गरौँ

सांसद बुद्धिमान तामाङको प्रस्तावः प्रधानसेनापति जसरी नै आईजीपी नियुक्त हुने व्यवस्था गरौँ

नेपालखबर
असार ११, २०८२ बुधबार १५:४८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले प्रधानसेनापति झैँ प्रहरी महानिरीक्षक पनि नियुक्ति हुने व्यवस्था गर्न माग गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। समितिमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको हो।

जसबारेमा आफ्ना धारणा राख्दै उनले नेपाली सेनाको जस्तै नेपाल प्रहरीमा पनि प्रहरी महानिरीक्षक यो बन्दैछ भन्ने पूर्वजानकारी हुनु आवश्यक रहेको बताए।

उनले एआईजी भइसकेको व्यक्तिमाथि यसमाथि यो दाग र यो निष्कलंक छ भन्ने स्पष्टताका आधारमा नियुक्ति हुनु आवश्यक रहेको बताए। कुनैपनि मुद्दामा नमुछिएको, कुनै स्पष्टीकरण नसोधिएको एआइजी स्वतः आइजिपी बन्न योग्य रहने कुराको ग्यारेन्टी विधेयकमा गर्नुपर्ने बताए। 

सांसद तामाङले भने, ‘आर्मीमा त प्रधानसेनापति फलानो हुन्छ भन्ने थाहा हुन्छ। प्रधानसेनापति को हुने भन्नेकुरा अहिले नै थाहा छ। विशेष परिस्थिति नपरेको खण्डमा थाहा छ। त्यस्तै आईजीपी पनि त्यस्तै हुनुपर्छ। एआईजी भइसकेपछि यसलाई यस्तो स्पष्टीकरण सोधिएको थियो, यसलाई यस्तो भएको थियो भनेर यो उत्कृष्ट छ भन्ने ट्याक्कै हुनुपर्छ। त्यो स्थिति विधेयकमा कसरी व्यवस्था गर्न सकिन्छ गरौँ।’

सांसद तामाङले विभिन्न बाधा चिरेर विधेयक ल्याएको भन्दै गृहमन्त्रीलाई धन्यवादसमेत दिए। यो विधेयक समय र परिस्थितिसँग मिल्दो रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad