गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने बताए।
समितिले छोटो समयमा छलफल गरेर नागरिकतासम्बन्धी विधेयक समितिबाट टुंगोमा पुर्याएको बताउँदै गृहमन्त्री लेखकले भने, ‘विधेयक चाँडो गरौँ। सरकार सबै विषयमा कन्टेनहरुमा छलफल गर्न तयार छ। छिटो छलफल गरेर यसलाई टुंग्याऔँ।’
3
Shares

प्रतिक्रिया