कारोबार


आज पनि २६ सय विन्दुमै नेप्से, ६ अर्ब पनि पुगेन कारोबार

आज पनि २६ सय विन्दुमै नेप्से, ६ अर्ब पनि पुगेन कारोबार

नेपालखबर
असार ११, २०८२ बुधबार १५:३६, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से ०.३३ अंकले घटेर २६००.२० विन्दुमा कायम छ। 

बुधबार पनि झिनो अंकले नेप्से रातो बनेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार रकममा खासै उतारचढाव छैन। अघिल्लो दिनको तुलनामा थोरै बढीको खरिदबिक्री भएको छ। 

मंगलबार ५ अर्ब ७६ करोडको कारोबार भएकामा बुधबार ५ अर्ब ९४ करोडको किनबेच भएको हो। 

यस दिन ११२ वटा सेयरको मूल्य बढे पनि १३४ वटाको घटेको छ भने एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। बढेका सेयरमध्ये मोदी इनर्जीको ९.९९ प्रतिशत र तेह्रथुम पावर कम्पनीको ९.७७ प्रतिशतले सेयर बढे पनि बाँकी कम्पनीको अधिकतम ७.७७ प्रतिशतसम्मले बढेको छ। 

त्यस्तै जोशी हाइड्रोपावरको ९.५१ प्रतिशतले सेयर मूल्य घटेको छ। त्यस्तै हिमालयन पावर पार्टनरको ९.०२ प्रतिशत, दोर्दी खोला ४.६३ प्रतिशतले सेयर मूल्य घटेको छ। 

कारोबारतर्फ बुटवल पावर कम्पनीको ५३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३६ करोड, राधी विद्युतको २४ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad