सरकारको नेतृत्वकर्ता नेकपा एमालेले आगामी आर्थिक वर्ष ०८२/०८३ को विनियोजन विधेयक (बजेट) पारितको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ।
असार १० गतेको प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस हुने कार्यसूची रहेको भन्दै एमाले संसदीय दलको कार्यालयले बजेटको पक्षमा मतदान गर्न ह्विप लगाएको हो।
एमाले मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरी सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न भनेका हुन्।
बजेटमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले गम्भीर टिप्पणी र असहमति जनाएका छन्।

573
Shares

प्रतिक्रिया