राजनीति


रास्वपा सांसदको प्रश्न–यो सरकारको गिरोहसँग कुनै साँठगाँठ त छैन?

रास्वपा सांसदको प्रश्न–यो सरकारको  गिरोहसँग कुनै साँठगाँठ त छैन?

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८२ सोमबार ११:५७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करीको सञ्जाल नेपालभित्रै बसेर राज्य संरक्षकहरूको मिलोमतोमा चलिरहेको आरोप लगाए।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद नेपालीले सक्रिय मानव तस्कर र्‍याकेटलाई राज्यले संरक्षण गरिरहेको आरोप लगाए। उनले मानव तस्करीजस्तो जघन्य अपराधमा सरकार निरन्तर मौन रहेको टिप्पणी गर्दै के जनताको मुद्दा उठाउनु अपराध हो? भन्दै प्रश्न गरे। 

‘उन्मुक्त किन हुन्छन्? मानव तस्करजस्तो जघन्य र अन्तर्राष्ट्रिय अपराध आज विकराल रुपमा उजागर भएको छ,’ नेपालीले भने, ‘भिजिट भिसाको नाममा मानव तस्कर गर्नु अपराध मात्र होइन यो मानवताको घोर अपमान हो। यो र्‍याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ। यस्तो अपराधमा पनि दुई ठूला दलको सरकार किन मौन छ सभामुख महोदय। यो सरकारको अपराधी गिरोहसँग कुनै साँठगाँठ त छैन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad