रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका-१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा बेहोस् भएकी थिइन्।
उनलाई तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
210
Shares

प्रतिक्रिया