राजनीति


सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले

सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८२ सोमबार ११:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्नेमा जोड दिएका छन्। त्यस्तै बढीमा १५ जना विज्ञहरूबाट मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्ने समेत उनको मत छ। 

‘मुद्दाको हिसाबले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो,’ रासससँगको कुराकानीमा वाग्लेले भने, ‘सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले बढिमा १५ जना विज्ञहरूबाट मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्छ।’ 

अहिले संघ र प्रदेश गरी नेपाल ८८४ जना सांसद रहेको भन्दै त्यति आवश्क नरहेको उनको विचार छ। ‘यति धेरै सांसद आवश्यकता छैन,’ वाग्ले भन्छन्, ‘संघमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने भए प्रदेशमा पनि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ।’

उनले थपे, ‘केहीले रास्वपालाई संघीयता विरोधी भनेर पनि चित्रण गरिन्छ। त्यो गलत हो। हालको प्रदेश स्वरूपले डेलिभर गर्न सकेन। सात वटा प्रदेशको पहिचान कायम राखौँ।संघमा जस्तै प्रदेशको प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीले विज्ञहरूबाट ४/५ जनाको मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्छ।’

त्यस्तै पालिकाको संख्या हटाउनुपर्ने मत समेत वाग्लेको छ। ‘अहिलेको ७५३ गाउँपालिका/नगरपालिकालाई घटाएर ५०० भन्दा कम राख्नुपर्छ,’ उनको भनाइ छ, ‘यहाँनेर प्रदेशको भूमिका भनेको समन्वय मात्रै हुनुपर्छ।’

त्यस्तै ३५ जना जतिको समावेशी स्वरूपको राष्ट्रियसभा भए पुग्ने वाग्लेको तर्क छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad