राजनीति


म संघीयताको विरोधी होइन तर संघीयता नेपालमा सम्भव छैन : केसी

म संघीयताको विरोधी होइन तर संघीयता नेपालमा सम्भव छैन : केसी

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८२ शनिबार १४:५७, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको बताएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार नगरिएको बताए।

प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको केसीको जिकिर छ।

‘नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार गरेका होइनौँ, म त्यो दुवै संविधानसभामा छु,’ उनले भने, ‘केके भएर संविधानमा संघीयता स्वीकार गरिएको हो? अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता हो? नेपाली जनतालाई होइन, त्यो प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको थियो।’

केसीले थपे, ‘मलाई त भन्दा भन्दा चित्रबहादुर संघीयताविरोधी हो रे। म किन हुने संघीयता विरोधी? नेपालमा संघीयता सम्भव छैन। यसको आवश्यकता छैन भन्नु र संघीय प्रणालीको विरोध हुने एउटै कुरा हो? यो गलत।’

सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तह बलियो बनाउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad