भारतीय राज्य तेलंगानाको राजधानी हैदराबादको शमशाबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार आज (शुक्रबार) एयर इन्डियाको विमान हैदराबादबाट मुम्बई जाँदै थियो। अचानक विमानमा प्राविधिक गडबडी देखिएपछि पाइलटले उडान गर्नुअघि नै रनवेमा विमान रोकेका हुन्।
पाइलटले समयमै गरेको निर्णयका कारण सम्भावित खतरा टरेको छ र सबै यात्रुहरू सुरक्षित छन्।
एयर इन्डियाको टोलीले तत्परता देखाउँदै यात्रुहरूका लागि अर्को विमानको व्यवस्था गरी मुम्बई पठायो।
3.2k
Shares

प्रतिक्रिया