राजनीति


निर्वाचन आयोगको अभिलेखमा रास्वपाको महामन्त्रीमा मुकुल ढकाल नै

निर्वाचन आयोगको अभिलेखमा रास्वपाको महामन्त्रीमा मुकुल ढकाल नै

नेपालखबर
असार ६, २०८२ शुक्रबार १९:३०, काठमाडौँ

निर्वाचन आयोगको पछिल्लो अध्यावधिक विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा डा मुकुल ढकाल नै रहेको उल्लेख छ।  

आयोगले ढकालले माग गरेअनुसारको विवरण उपलब्ध गराउँदै उनी नै महामन्त्री रहेको जनाएको हो। 

आयोगका अनुसार ढकालले असार ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको अध्यावधिक विवरण माग गरेका थिए। 

त्यस्तै आयोगले २०८० चैत २० गते रास्वपाले पछिल्लोपटक अध्यावधिक विवरण पठाएको र अभिलेखमा सोही नै कायम रहेको पनि उल्लेख गरेको छ।  

ढकाललाई रास्वपाले गत वर्षको भदौ ११ गते बसेको पार्टीको बैठकले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो। 

पार्टीबाट निष्काशन गर्नुअघि ढकाल निलम्बनमा परेका थिए। पार्टीले निलम्बनमा राखेपछि उनले आयोगलाई पत्र लेखेर कुनै पनि पत्र अध्यावधिक नगर्न भनेका थिए।

पार्टीले पदमुक्तको निर्णय गरिसके पनि ढकालले आफूलाई पदमुक्तको जानकारी नभएको भन्दै लेखेको पत्र ०८१ साउन १३ गते आयोगमा दर्ता भएको थियो।    
 
निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिनभित्र अद्यावधिक गर्न आएका पत्रमा विश्वास नगर्न ढकालले आयोगलाई भनेका थिए। 

‘राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई सफाइ पेस गर्ने मानसिव मौका दिइएको छैन। नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापि लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि सो व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्छ,’ ढकालले भनेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad