राजनीति


पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अख्तियार नियन्त्रणमा

पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अख्तियार नियन्त्रणमा

नेपालखबर
असार ६, २०८२ शुक्रबार १५:३६, काठमाडौँ

पर्साको पोखरिया नगरपालिका(हाल बहुदरमाई नगरपालिका)का प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई अख्तियारले नियन्त्रणमा लिएको छ। 

विभिन्न योजनाको स्वीकृत र कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई अख्तियारले नियन्त्रणमा लिएको हो। 

अख्तियारले दुवैजनाको ४ वटा मोबाइल पनि बरामद गरेको छ।  

उनीहरूमाथि थप अनुसन्धान जारी रहेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। 

अख्तियारले श्रीवास्तवलाई वीरगन्ज महानगरपालिका-१२ प्रतिमा चोकबाट र वडा-३ को प्रगतिनगरबाट साहलाई नियन्त्रणमा लिएको हो। 

त्यस्तै हालका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र नगरपालिका-२ का सचिव ‌ओमप्रकाश चौरसियाको २ वटा मोबाइल पनि बरामद गरिएको अख्तियारले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad