सुदूरपश्चिम


डोटीमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते

नेपालखबर
असार ६, २०८२ शुक्रबार १५:५५, कञ्चनपुर

डोटीमा जिप दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार आर्दश गाउँपालिका १ सिरास्यानीमा शुक्रबार दिउँसो जिप दुर्घटना भएको हो। 

आर्दशबाट मेल्लेख गइरहेको सुपप्र ०१ ००१ च १३९५ नम्बरको जिप भित्री सडकमा अनियन्त्रित भएर सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीले बताए। 

उनका अनुसार मृतकको पहिचान खुलेको छैन। दुर्घटनामा परेर घाइते भएका ४ जनालाई उद्धार गरेर उपचारको लागि मेल्लेख स्वास्थ्य चौकीमा पुर्‍याइएको छ। जिपमा सवार यात्रु कति थिए भन्ने यकिन हुन सकेको छैन।

प्रहरीले उद्धार जारी राखेको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्द नेतृत्वको टोली पनि घटनास्थलमा खटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad