राजनीति


प्रतिनिधिसभाको बैठकअघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

प्रतिनिधिसभाको बैठकअघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

नेपालखबर
असार ५, २०८२ बिहिबार ११:३५, काठमाडौँ

प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले पाँच दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्। 

बानेश्वरस्थित कार्यकक्षमा अहिले सभामुख घिमिरे, मुख्य दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल चलिरहेको छ।

छलफलमा एमालेका प्रमुख सचेतक महेश बर्तौता, कांग्रेस सचेतक सुशिला थिङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही र  कानुनमन्त्री अजय चोरसिया सहभागी छन्। 

आजकाे प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बाेलाइएकाे थियाे। तर अझै बैठक सुरु हुन सकेको छैन। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad