नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई सम्भवत: नेपालकै लोकप्रिय राजनेता भएको बताएका छन्।
रेले एक भारतीय टीभी च्यानलसँगको अन्तर्वार्तामा मेयर बालेनकाे विषयमा यस्ताे प्रतिक्रिया दिएका हुन्।
बालेन युवा पीढीमाझ आशाको केन्द्र बनेको दाबी पनि उनले गरेका छन्।
‘बालेन साह जो काठमाडौँका मेयर छन्, उनी र्यापर हुन्,’ रेले अन्तर्वार्तामा भनेका छन्, ‘सम्भवतः आजको मितिसम्म उनी नेपालकै लोकप्रिय राजनेताको रूपमा छन्।’
उनले नेपालका पुराना पुस्ताका नेताले युवा पिँढीलाई निराश बनाएको आराेप पनि लगाएका छन्। यस्तो निराशाजनक अवस्थामा बालेन साहजस्ता केहीलाई युवाहरूले आशाकाे नजरले हेरेकाे उनकाे भनाइ छ।
2.2k
Shares

प्रतिक्रिया