राजनीति


तत्कालका लागि रोकियो उच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया

तत्कालका लागि रोकियो उच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया

नेपालखबर
असार ३, २०८२ मंगलबार १६:५४, काठमाडौँ

उच्च अदालतका न्यायाधीश नियुक्तिको प्रक्रिया तत्कालका लागि रोकिएको छ।

न्याय परिषद् सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट महेशकुमार नेपालको नाम सिफारस भएसँगै न्यायाधीश नियुक्तिको प्रक्रिया तत्काललाई रोकिएको हो।  

सिफारिस भएका नेपालमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भइसकेको छ। यो प्रक्रिया नटुंगिएसम्म नयाँ न्यायाधीश नियुक्तिको प्रक्रिया रोकिएको छ।  

यसबीचमा सर्वोच्च अदालतमा भने ३ जनाको नाम सिफारिस भइसकेको छ।  न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल पहिलो नम्बरमा, उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा पनि सर्वोच्चको न्यायाधीश सिफारिस गरेको छ। 
 

त्यस्तै उच्च अदालतको मुख्य न्यायाधीशमा चार जना सिफारिस भएका छन्।  
उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन्। 

न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी यही असार १० गतेदेखि अवकासमा जाँदैछन्।  त्यस्तै उच्च अदालत जानका लागि सर्वोच्चका मुख्य रजिस्ट्रार देवेन्द्राज ढकाल र सहरजिस्ट्रार मानबहादुर कार्की तयारी अवस्थामा छन्। 
उच्च अदालतमा करिब २० जना न्यायाधीश नियुक्तिको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad