कर्णाली


वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता

वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता

नेपालखबर
असार ३, २०८२ मंगलबार १६:५५, सुर्खेत

वीरेन्द्रनगर नगरपालिका सुर्खेत र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको छ। नगर प्रमुख मोहनमाया ढकाल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रवकुमार गौतमबीच सम्झौता भएको हो। 

मध्यपश्चिम विश्वविद्यालयले आफ्नो १५औँ वार्षिक उत्सवको अवसरमा उक्त सम्झौता गरेको जनाएको छ। स्थानीय ज्ञान सीप प्रवर्द्धनदेखि वैकल्पिक उर्जा सुधार लगायत सार्वजनिक महत्त्वका विषयमा सहकार्य गरेर अघि बढ्ने उदेश्यले सम्झौता भएको जनाइएको छ।  

नगरप्रमुख मोहनमाया ढकालले सम्झौता पत्रमा सार्वजनिक सेवा सान्दर्भिक अनुसन्धान, प्रचार–प्रसार र प्रकाशन, बैकल्पिक उर्जा र वातावरणीय सुधारका कार्यक्रम रहेका जानकारी दिइन्। उनका अनुसार विश्वविद्यालयसँग सामाजिक जनचेतना, तालिम, गोष्ठी लगायतका क्षमता विकासका कार्यक्रम र स्थानीयत बस्तु तथा सेवा र उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ। 

नगरप्रमुख ढकालले स्थानीय स्तरमा गर्ने अध्ययन, विश्लेषण र अनुसन्धान गरी सेवा प्रवाहमा नगरपालिकाले सहकार्य गर्दै आएको बताइन्। 

उनले भनिन्, ‘कार्यगत क्षेत्रका सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, सामाजिक कार्य र सुशासन सम्बन्धी व्यवस्थापनमा थप प्रभावकारी बनाउन विश्वविद्यालयसँग सहकार्य गरेका हौँ। नगरबासीका आवश्यकता र चाहनाहरुको परिपूर्ती गर्न दीर्घकालीन र बलियो सहकार्यको लागि क्षेत्रहरूको पहिचान गर्दै काम अघि बढाइरहेका छौँ।’

यस्तै, सम्झौता पत्रमा भौतिक पूर्वाधार विकास र स्रोत व्यवस्थापन, मानव स्रोत, सूचना, तथ्याङ्क, सामग्री, पुस्तकालय र बौद्धिक सम्पत्ति लगायतका स्रोतहरुमा सहयोग, आदानप्रदान र सहकार्य गर्ने तथा वर्गीकृत समुदायका लागि छात्रवृद्धि प्रदान गर्ने, स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृतिको खोजी तथा प्रवद्र्धन र स्थानीय महत्वका र आपसी सहमतिमा गर्न सकिने अन्य कार्यहरु समावेश छन्।

दुवै निकायबीच भएको सहमति चार वर्षको रहेको र थप नवीकरण गर्न सकिने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad