राजनीति


भिजिट भिसा प्रकरणमा न्यायिक आयोग गठन गर्न रास्वपाको माग

भिजिट भिसा प्रकरणमा न्यायिक आयोग गठन गर्न रास्वपाको माग

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८२ मंगलबार १४:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोध जारी राखेका छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका हुन्। 

सभामुखले सदनको कारबाही सुरु गरेसँगै उनीहरुले उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिएपछि उनले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरु, अध्यागन विभाग र गृह मन्त्रालयसमेत संलग्न रहेको भन्दै मानव तस्करी भएको दाबी गरिन्। 

उनले यसले नेपालको इज्जत र गरिमा धुमिल बनाएको बताइन्। अपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको तर सरकारले गम्भीरतापूर्वक नलिएको उनको गुनासो छ। 

२०६४ सालदेखि यो समस्या रहेकाले यसको जालो अब च्यात्नुपर्ने बेला आएको पनि उनको भनाइ छ। भण्डारीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाइ दोषीमाथि कारबाही गरी सुशासन स्थापना गर्न आग्रह गरिन्।

सरकारले रोस्टमबाट धम्क्याएको बताउँदै गृहमन्त्रीलाई आफूहरुले अपराधी नभनेको उनको भनाइ थियो। भिजिट भिसाको आवरणमा रहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गरिन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad