राजनीति


३० मिनेटलाई स्थगित भयो संसद् बैठक

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

नेपालखबर
असार ३, २०८२ मंगलबार १४:१८, काठमाडौँ

प्रतिनिधिसभाको आजको बैठक ३० मिनेटलाई स्थगित भएको छ। बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदले विरोध जनाएका थिए। 

लगत्तै सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा कार्की भण्डारीलाई बोल्न दिएका थिए। उनले बोले लगत्तै कांग्रेस प्रमुख सचेतकले रास्वपाका सांसदहरूले आज निलो रिबन लगाएर जनाएको विरोधमा नियमापत्ति जनाए। 

त्यसपछि सभामुख घिमिरेले आजै ३० मिनेटपछि बस्ने गरी बैठक स्थगित भएको सूचना सुनाए। रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad