नेकपा एमालेका सांसद दामोदार दास बैरागीले संसद्मा विरोधका नाममा रास्वपा सांसदहरुले सभामुखको आसनअघि जुत्ता, चप्पल खोलेर बसेको भन्दै नियमापत्ति जनाएका छन्।
‘नियम २६ अनुसार म नियमापत्ति गर्दैछु, हाम्रो नियमावलीमा बैठकमा पालाना गर्नुपर्ने नियमसम्बन्धी (झ)मा एउटा व्यवस्था,’ उनले भने, ‘यो व्यवस्थाले हामीलाई संसदीय मर्यादा कायम गर्नुपर्छ र कसैले विरोध गर्नुपर्यो भने उभिएर विरोध गर्नुपर्छ भन्ने हाम्रो परम्परा पनि छ। नियमावलीमा व्यवस्था पनि छ।’
बैरागीले थपे, ‘तर, सम्माननीय सभामुखको आसनतर्फ चप्पल, जुत्ता खोलेर, ध्यान गरेरजस्तो गरेर विरोध गर्ने संसदीय मर्यादा भएन। संसदीय मर्यादा कायम गर्नका लागि सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु।’
888
Shares

प्रतिक्रिया