राजनीति


सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा

सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा

नेपालखबर
असार १, २०८२ आइतबार १८:१७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख र संसद विचौलियाको पक्षमा उभिनुभएको आरोप लगाएका छन्।

संघीय संसद भवनमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद र सभामुख स्वयं विचौलियाको पक्षमा उभिएपछि संसद बहिष्कार गर्नुपरेको बताएका हुन्। उनले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध जनाइरहँदा सभामुखले अन्देखा गर्दै संसद सुचारु गरेको बताए।

एक जना सांसदले विरोध जनाउँदा संसद चलन नसक्ने नियमावली रहेको भएपनि सभामुखले नियमावली विरुद्ध गएर संसद सुचारु गरेको उनले बताए।

उनले भने, ‘सभामुखले आज भिजिट भिसा प्रकरणमा नेपाली नागरिक बिक्रीमा परेका छन्। सरकार स्वयं संलग्न छ भन्नेकुरा पछिल्ला तथ्य र प्रमाण्ले देखाएको छ। सफ्ठ्वेयर नै बनाएर ठगिएको छ भन्नेकुरा बाहिरिँदा पनि संसदमा हामीले यो आवाज गृहमन्त्रीको जवाफ चाहियो भनेर ३५ जना जति सांसदले आवाज उठाउँदा सभामुखले त्यो अन्देखा गर्नुभयो। सभामुख र संसद स्वयं विचौलियाको पक्षमा उभिएपछि हामीले संसद बहिष्कार गर्‍यौँ । बहिष्कार गर्नु शिवाय अर्को विकल्प छैन किनभने यस्तो किसिमले संसद चल्दैन।’

प्रमुख सचेतक शाहीले संसदमा उठेका आावज सम्बोधन नगर्ने भएपछि संसदभित्र बस्नुको औचित्य नरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad