राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुख देवराज घिमिरेले बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन्।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्त सदन चलाएर संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरूले सदन बहिष्कार गरेको बताए।
सांसदले उठाएका आवाजलाई सम्बोधन नगर्ने संसद्मा बस्नुको कुनै औचित्य नहुने उनको भनाइ छ। उनले संसद्को नियमावलीको विरुद्धमा सभामुख चले संसद्को कुनै महत्त्व नरहने धारणा राखे।
शाहीले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डले छेपारो प्रवृत्तिमा काम गरेको टिप्पणी गरे।
भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाले सदनमा विरोध जनाइरहेका छन्। उनीहरूले गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने र राजीनामा दिनुपर्ने माग गरेका छन्। राप्रपाले भने वेलसमेत घेराउ गर्दै आइरहेको छ।
Shares

प्रतिक्रिया