राजनीति


कांग्रेस भन्छः तरकारीमा कहाँ गयो राष्ट्रवाद?

कांग्रेस भन्छः तरकारीमा कहाँ गयो राष्ट्रवाद?

नेपालखबर
असार २२, २०७६ आइतबार ६:१५,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूललाई विषादी परीक्षण नगर्ने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको छ।

राष्ट्रियसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति ध्यानाकर्षण गराइन्।

कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने उनको भन्दै उनले यो निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन्।

‘यो कस्तो गाईजात्रा हो सभाअध्यक्ष ज्यू ? आफैँ निर्णय गर्ने अनि आफैँ फेरि कार्यान्वयन नगर्ने? निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबाबमा आएर लर्याकलुरुक परेर फेरि आफ्नो निर्णयबाट फिर्ता हुने र यो कस्तो राष्ट्रवाद हो ? अहिले सरकारको राष्ट्रवाद कुन दुलो भित्र छिरेको छ ?’, उनले भनिन्।

विषादीयुक्त तरकारी तथा फलफूल आयातमा कडाइ साथ रोक लगाउन र त्यस कार्ययोजनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन्।

सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो। भारतीय दवाबपछि सरकार सो निर्णयमा पछि हट्ने अवस्था बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad