राजनीति


कांग्रेसले रास्वपालाई भन्यो: सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ?

कांग्रेसले रास्वपालाई भन्यो: सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ?

नेपालखबर
असार १, २०८२ आइतबार १३:७, काठमाडौँ

नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नैतिकताको प्रश्न नसोध्न आग्रह गरेका छन्।  

आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाको विरोधकैबीच बोलेका उनले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा नैतिकताको प्रश्न उठाइएको विषयमा आपत्ति जनाएका हुन्। 

'अख्तियारले छानबिन गरिरहेको विषयमा गृहमन्त्रीको राजीनामा माग्दै होहल्ला गर्दै आएको छन्। कर्मचारीमाथि छानबिन भइरहेको विषयमा नैतिकताको आधारमा मन्त्रीको राजीनामा माग्ने साथीहरूले पाँच/पाँचवटा अदालतमा सहकारी ठगी सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेका र सर्वोच्च अदालदतल थुनामा राखे पूर्पक्ष गर्न पठाएको व्यक्ति आफ्नो पार्टीको सभापति पदमा विराजमान गराइराख्ने कुन नैतिकताले दियो?,' उनले भने, 'अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिम रवि लामिछानेकै जो जेलमा हुनुहुन्छ। उहाँ नै सभपति पदमा हुनुहुन्छ त्यो पार्टीले अहिले कसैलाई नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन? मेरो यो प्रश्न छ।'

उनले अरुसँग नैतिकता खोज्ने साथीहरूले आफैँभित्र नैतिकता प्रस्तुन गर्न आग्रह गरे। उनले भने, 'रास्वपाको संसदीय दलको नेता परिवर्तन भएको खबरसमेत बाहिरिएको  छैनौँ। अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछाेने नै हुनुहुन्छ।  जो संसद् सदस्यबाट नै निलम्बित भइसक्नु भएको छ त्यही व्यक्ति नै  अहिले पनि संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरुलाई नैतिकताको पाठ सिकाउन मिल्छ कति मिल्ने हो कति जायज हो?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad