राजनीति


भिजिट भिसा प्रकरण अनुसन्धान गर्न एक महिनाभित्र छानबिन समिति बन्छः वर्षमान पुन

भिजिट भिसा प्रकरण अनुसन्धान गर्न एक महिनाभित्र छानबिन समिति बन्छः वर्षमान पुन

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार २१:३१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानबिन समिति बन्ने बताएका छन्।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सबै विपक्षीलाई एक ठाउँमा राख्ने कोशिस आफूहरुले गरे पनि सफल हुन नसकेको बताए।

नेता पुनले एक महिनाभित्र छानबिन समिति बनेन र उपयुक्त ढंगले गएन भने संघर्ष गर्न कुरा उठाउन कसैले नरोक्ने बताए।

उनले भने, ‘एक महिनाभित्र छानविनको लागि प्रक्रिया अघि बढ्छ, समिति बन्छ। सबै विपक्षीलाई एक ठाउँमा ल्याउन कोशिस गरेका हौँ । सम्भव भएन। एक महिनाभित्र छानविन समिति बनेन र उपयुक्त ढंगले गएन भने संघर्ष गर्न कुरा उठाउन कसैले रोक्दैन।’

उपमहासचिव पुनले छानबिन समिति बनेपछि छानबिन हुने र दोषीउपर कारबाही हुने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad