नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदलाई लामो समय अवरुद्ध गर्ने काम ठिक नभएको बताएका छन्।
शुक्रबारबाट संसद सञ्चलन हुनु राम्रो भएको बताए। संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब बजेटमाथि छलफल गर्नुपर्ने बताए।
साथै विद्यालय शिक्षा विधेयक, निजामति विधेयक छलफल गरी छिटो पारित गर्नुपर्ने जरुरी रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीले एक महिनाभित्र भिजिट भिसा प्रकरणको छानबिन समिति बनाएर अघि बढ्ने भन्ने प्रश्ताव ल्याएको र त्यसमा सत्तापक्षले सहमति जनाएपनि रास्वपाभित्रैको पार्टीको अन्तरविरोधका कारण सहमत हुन नसकेको दाबी गरे। रास्वपामा एकमत नरहेको स्पष्ट भएको बताए।
सचिव भट्टराईले भने, ‘प्रतिनिधि सभाको बैठक लामो समय अवरुद्ध हुनु ठिक थिएन। अब बजेटमाथि छलफल गर्नुपर्नेछ, निजामति, विद्यालय शिक्षा विधेयक छलफल गरी पास गर्नुपर्नेछ। अरु पनि विधेयक छन् त्यसलाई छिटो पारित गरी मुलुकमा विधायकी काम अघि बढाउनुपर्नेछ। मुलतः बजेटको समय सीमा नजिकँदैछ। यो संसदलाई लामो समय अवरुद्ध गर्ने काम ठिक थिएन। माओवादी केन्द्रले जुन सुझबुझ देखाएको छ धन्यवाद छ।’
सचिव भट्टराईले अध्यागमन, भिजिट भिसाका कुरामा कानूनी सुधार गर्नुपर्ने बताए।
Shares

प्रतिक्रिया