इजरायलको तेलअविवस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सुरक्षा प्रोटोकलबारे जानकार रहन र पालना गर्न आग्रह गरेको छ। दूतावासले आज शुक्रबार एक सूचना जारी गर्दै आफ्नो सुरक्षामा विशेष ध्यान दिन भनेको हो।
इरान र इजरायलबीच दोहोरो आक्रमण जारी छ। इजरायलले गएराति इरानमाथि आक्रमण गरेको छ। अहिले इरानले पनि जवाफका लागि ड्रोन आक्रमण सुरु गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इजरायलले ‘अपरेसन राइजिङ लायन’नामक सैन्य अभियान सञ्चालन गरेपछि इरानको इस्लामिक रिभोल्युसनरी गार्डका कमान्डर–इन–चिफ जनरल हुसेन सलामी र इरानका सर्वोच्च तहका सैन्य अधिकारी मेजर जनरल मोहम्मद बागेरी पनि मारिएका छन्।
Shares

प्रतिक्रिया